प्रदेश १ मा थप ९५४ जनामा कोभिड पुष्टि

विराटनगर - प्रदेश १ मा थप ९५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ३ हजार २२७ जनाको स्वाब परीक्षण गरिएकोमा पिसीआरबाट ५५४ र एन्टिजेनबाट ४०० जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोमबार झापामा २५७, मोरङमा १३८, सुनसरीमा ९९, इलाममा १९, धनकुटामा १८, उदयपुरमा ६, संखुवासभामा २, पा“चथर र तेह्रथुममा १–१ जनामा कोभिड पुष्टि भएको हो । त्यसैगरी प्रदेश १ विभिन्न प्रयोगशालामा प्रदेश बाहिरका १३ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
झापाको विर्तामोडमा ७८, दमकमा ४२, अर्जुनधारामा २९, कनकाईमा २६, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १६, बुद्धशान्तिमा १४, गौरादह, बाह्रदशी र कमल गाउ“पालिकामा ४–४, हल्दिबारी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ६१, बेलबारीमा २६, सुन्दरहरैचामा १५, पथरीशनिश्चरे र बुढीगंगामा ७–७, लेटाङ र कानेपोखरीमा ४–४, ग्रामथान र स्थानीय तह नखुलेका ३–३, केराबारी, रंगेली र उर्लाबारीमा २–२, सुनबर्षी र कटहरीमा १–१, सुनसरीको इटहरीमा ४७, धरानमा ३७, बराहक्षेत्रमा ४, रामधुनी र इनरुवामा ३–३, हरिनगर, दुहवी र कोशी गाउ“पालिकामा १–१ र स्थानीय तह नखुलेका २ जना संक्रमित भएका हुन् ।
इलामको इलाम नगरपालिकामा १४, मांसेबुङ, रोङ, माईजोगमाई, सुर्योदय र माई नगरपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मीमा २, पाख्रिबासमा १, उदयपुरको लिम्चुङबुङमा २, त्रियुगा, चौदण्डीगढी, बेलका, र स्थानीय तह नखुलेका १–१ जना, त्यसैगरी संखुवासभामा २, पाँचथरको फिदिममा १, तेह्रथुमका एकजनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।
प्रदेश १ मा आज १६१ महिला र १७७ पुरुष गरी ३३८ जना कोभिड संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश २ महिला र ३ पुरुष गरी ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया