सोमबार उपत्यकामा थपिए ९५९ कोभिड संक्रमित

काठमाडौँ- सोमबार काठमाडौँ उपत्यकामा ९५९ संक्रमित थपिएका छन् । काठमाडौँमा ६२४, भक्तपुरमा १७० र ललितपुरमा १६५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमित २ लाख ९० हजार ५२८ जना छन् ।
काठमाडौँमा सक्रिय संक्रमित ७५७५ जना छन् । संक्रमणमुक्त २ लाख १३ हजार १३६ भएका छन् । १९८६ को मृत्यु भइसकेको छ । कुल संक्रमित २ लाख २२ हजार ६९७ जना छन् । भक्तपुरमा सक्रिय संक्रमित १३६५ छन् । संक्रमणमुक्त २३ हजार ५८३, मृत्यु ३९७ र कुल संक्रमित २५ हजार ३४५ जना छन् ।
त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित १७५५ जना छन् । संक्रमणमुक्त ४० हजार १२२ जना छन् । ६०९ को मृत्यु र कुल संक्रमित ४२ हजार ४८६ जना छन् । आज देशभर तीन हजार ६५१ संक्रमित थपिएका छन् । मन्त्रालयकाअनुसार १६ हजार ५९४ को परीक्षण गरिएको थियो ।
२४ घण्टामा देशभरबाट १७८४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभर ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका हुन् । त्यसैगरी २२ जनाको मृत्यु भएको छ । हालसम्म १० हजार ११५ जनाको मृत्यु भइसकेको छ ।

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया