त्रिविले भन्यो : विद्यार्थी आन्दोलित भए पनि परीक्षा रोकिँदैन

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै परीक्षा स्थगित गरेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यार्थीहरू पनि परीक्षा रोक्न आन्दोलित छन् । गत आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद्को बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय गरेको थियो ।
निर्धारित भैसकेको कक्षा १२ को परीक्षा स्थगित भएको तर त्रिविले भने नरोक्ने निर्णय गरेको भन्दै विद्यार्थीहरू बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा आन्दोलित भएका छन् । ‘नो भ्याक्सिन, नो एक्जाम’ तथा अनलाइन प्रविधिबाट परीक्षा लिनुपर्ने विद्यार्थीहरूको माग छ ।
तर, त्रिविका सहायक परीक्षा नियन्त्रक महेश ओझाले भने भाद्रको ५ गतेसम्मको परीक्षा कुनै हालतमा पनि नरोक्ने बताएका छन् । 'स्नातक र स्नाकोत्तर तहका विभिन्न संकायका परीक्षा भैरहेको छ,' ओझाले भने,‘विद्यार्थी आन्दोलित भए पनि अहिलेसम्म परीक्षा रोकिने कुरो छैन । पछि केही निर्णय हुन सक्ला ।’
यसै विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवा र त्रिविका प्रतिनिधिबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । छलफलपछि प्रधानमन्त्री देउवाको सचिवालयले विद्यार्थीको स्वास्थ्य नै ठूलो भएकाले परीक्षा रोक्न या नरोक्ने भन्ने विषयमा सोमबार दिउँसोसम्म निर्णय हुने बताएको थियो ।

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…
_7EmQO5w85t_fev7gn5o5kdw71yt4ykbdv9blhbr0dmpmxuhpcwdiirg58niu1rbb2vliq7l_Uv0dP43p3Z_ggwhspuwtf6x2x7wfwqo0dkx9myz2bbw3yrhs0il3j03nk2a88gxogolohrc.jpg)
गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

धुलिखेलमा परामाणविक केन्द्र निर्माणको प्रक्रिया बढाइँदै, क्यान्सरको उपचारमा उपय…

शिक्षक, कर्मचारी र विद्यार्थी सङ्ख्या बराबर

प्रतिक्रिया