‘नेपाललाई स्मार्ट पर्यटन गन्तव्य बनाउनुपर्छ’

काठमाडौं : सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाललाई स्मार्ट पर्यटन गन्तव्य बनाउने बताएका छन् । पाकिस्तानस्थित विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट केटूू हिमाल आरोहण गर्न लागेका दोलखा बेदिङका हिम आरोहीहरुलाई बिदाई गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पर्यटन क्षेत्रलाई मुुलुुकको आर्कषक गन्तव्य बनाउने गरी सूचना प्रविधिको विकास गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका हुन् । मिङ्मा ग्याल्जेन शेर्पा, दावा ग्याल्जेन शेर्पा र किली पेम्वा शेर्पालाई नेपालको राष्ट्रि«य झण्डाका साथ विदाई गरिएको छ ।
मन्त्री गुरुङले नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्ने बताए । कार्यक्रममा बोल्दै उनले विश्वको सर्वोच्च शिखर सगरमाथालगायतको आरोहण गरेर हिमाल आरोहीहरूले नेपाललाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको पनि स्मरण गराए । ‘नेपाललाई विश्वमाझ चिनाउन हिम आरोहीहरुले खेल्नु भएको भूमिका महत्वपूर्ण छ’, मन्त्री उनले भने, ‘अब नेपाललाई स्मार्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने गरी सूचना प्रविधिको विकास गर्न लागि पर्नेछु ।’
मन्त्री गुरुङले संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई अझै जोड दिएर मुलुुकलाई सूचना प्रविधिमैंत्री बनाउन सकिने पनि स्पष्ट पारे । उनले दोलखाको रोल्वालिङ हिमाल आरोहरणको क्षेत्रमा नयाँ–नयाँ कीर्तिमान कायम राख्नेहरूको जन्मथलो भएकाले सो ठाउँलाई स्मार्ट पर्यटकीय गन्तव्य बनाउन आफूूले सक्दो पहल गर्ने बताए ।
मिङ्मा, दावा र किलीले सगरमाथाको पटक पटक आरोहण गरिसकेका छन् । मन्त्री गुरुङले माउन्ट केटूू हिमाल आरोहणमा पनि सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दै त्यसमा कुनै समस्या आए आफूलाई जानकारी गराउन पनि आरोहण दलका सदस्यलाई आग्रह गरे ।

आन्तरिक पर्यटकको रोजाइमा कुलपानी हरित उद्यान, थप आकर्षक बनाइँदै
_d4qa3odkiK_izdqtdfhaefjahivqfnedatcat8zvcxstgusfyjwwy2er2d6qfk99k2zodns_MB2qcY6SWz_2sdr4rt4qtjbwc7uaoa0bniawlnrvvp6eov0ld0hibsf5sxlubo8nlownfyv.jpg)
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ

चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक

पर्यटन व्यवसायमा महिला सहभागिता बढाउनुपर्नेमा जोड

‘जाऊँ है पोखरा’ अभियानसहित पोखराका व्यवसायी लुम्बिनीमा

प्रकृति र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सिउरुङ

स्वर्गको टुक्रा गौरी टाप
_G1oewkanyv_x8i5fgw6dp0q2il60lu3eie0awigvvaee70vmg49yqnurdt1ukzbnyvemp4w_vxTEfLsVgU_pv1kcfzd8zg6dcytz2spfg4vhsqpaqecmc6wqw2ygleicgy9fkie9kcdvqws.jpg)
प्रतिक्रिया