चीनले अनुदानमा दिने भेरोसेल खोप भदौ पहिलो सातादेखि ल्याइने

काठमाडौँ- चीनबाट भदौको पहिलो सातादेखि भेरोसेल खोप ल्याइने भएको छ । चीनले अनुदानस्वरुप दिने १६ लाख डाेज भेरोसेल खोप भदौदेखि ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटघाट कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले नेपाललाई कोभिडविरुद्धको १६ लाख भेरोसेल खोप दिने घोषणा गरेकी थिइन् ।
पहिलो चरणको एक उडानमा चार लाख खोप ल्याइने स्वास्थ्य मन्त्रालय अन्तर्गत खोप महाशाखाका निर्देशका डा. तारानाथ पोखरेलले जानकारी दिए । उनकाअनुसार अब ल्याइने खोपको भाइलमा एक डोज मात्र हुन्छ ।
भदौ सम्ममा सबै खोप ल्याइसक्ने डा. पोखरेलको दाबी छ । यसपटक आयात हुने खोपलाई भण्डारण गर्न समस्या हुने उनले जानकारी दिए । एक भाइल मात्र हुने भएकाले काठमाडौँको भण्डार केन्द्रमा राख्न नमिल्ने उनले बताए । विमानस्थलबाटै विभिन्न जिल्लाको खोप भण्डार केन्द्रमा खोप पठाइने उनले उल्लेख गरे ।
यसअघि चीनबाट ल्याइएको खोपमा एक भाइल भन्दा बढी खोप हुने भएकाले भण्डारणमा समस्या नभएको उनले जानकारी दिए । चीनले अनुदानस्वरुप हालसम्म कोभिडविरुद्धको भेरोसेल खोप दिइसकेको छ ।
पहिलो चरणमा ८ लाख खोप र दोस्रो चरणमा १० लाख खोप दिएको थियो । पुन १६ लाख दिने भएको हो । त्यसैगरी नेपालले चीनसँग नन डीस्कोल्जर एग्रीमेन्टबाट ४० लाख खोप खरिद गरिसकेको छ ।
अन्य मुलुकले पनि कोभ्याक्स अन्तर्गत खोप प्रदान गरिरहेका छन् । अमेरिकाबाट १५ लाख बढी, भुटानले २ लाख ३० हजार, भारतले ११ लाख र जापानले १६ लाख दिने भएको छ । जापानबाट पहिलो चरण अन्तर्गत ५ लाख बढी खोप पनि पठाइसकेको छ । पुनः अन्य खोप पनि आउने क्रम जारी छ ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया