टिभिएस एनटर्क १२५ को बिक्रीले लक्ष्य नाघ्यो, ५० हजार युनिट बिक्यो

काठमाडौँ – दुई पांग्रे तथा तीन पांग्रे सवारीसाधन निर्माता कम्पनी टिभिएस मोटर कम्पनीले नेपाली बजारमा ५० हजार युनिट टिभिएस एनटर्क १२५ स्कुटर बिक्री गरेको छ । यो लक्ष्यभन्दा बढी भएको कम्पनीले जानकारी दिएको छ । यो तीन वर्षभित्रमा बिक्री गरेको तथ्यांक हो । सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो ।
एक कार्यक्रममा बोल्दै इन्टरनेशनल बिजिनेस टिभिएस मोटर कम्पनीका प्रेसिडेन्ट आर दिलिपले भने, ‘हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौँ। हामी नेपालका हाम्रा ग्राहकहरु प्रति हार्दिक आभारी छौं ।'
सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागी बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको उनको दाबी छ। टिभिएस एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको उनले बताए । उनले भने, 'यो उपलब्धिलाई नवीनतामा बेन्चमार्क सेट गरेर र ग्राहकहरुका लागि आकांक्षा सिर्जना गरेर टिभिएस एनटर्क ब्रान्डलाई फस्टाउने हाम्रो प्रतिबद्धताको एक सुदृढीकरण हो ।’

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया