ईयू ब्रेक्जिटपछिको व्यापार सम्झौताको पक्षमा छ : जर्मनी

बर्लिन : युरोपेली संघ (ईयू) ले बेलायतको संघबाट बहिर्गमन (ब्रेक्जिट) पछिको व्यापार सम्झौता गर्न चाहेको जर्मन सरकारले शुक्रबार बताएको छ । जर्मन सरकारले सम्झौता गर्नुको विकल्प ईयूले नसोचेको तर यसका लागि आफ्नो सिद्धान्त र नीतिको विपरित हुनेगरी कुनै थप मूल्य चुकाउन भने नसक्ने जर्मनीका अधिकारीले बताएका हुन् ।
'हामीलाई थाहा छ समय सकिएको छ,' जर्मन चान्सलर एन्जेला मार्केलका प्रवक्ता स्टेफेन सिबर्टले भने । 'ईयूले संयुक्त अधिराज्य (बेलायत)सँग सम्झौता गर्न तयार छ तर यसका लागि कुनै अतिरिक्त मूल्य चुकाउन नचाहनु स्वभाविक हो ।'
उनले बर्लिनमा सञ्चारकर्मीसँगको कुराकानीमा भने, 'सबैका आआफ्ना सिद्धान्तहरू हुन्छन् । सम्झौताका लागि निश्चित सीमा छन् र यसलाई काट्नु भनेको संघको गठन र हित विपरीत हुन जान्छ ।' सम्झौताका लागि ईयूले प्रस्तुत गर्दै आएका आधारभन्दा थप लचकता अपनाउन असम्भव रहेको उनले थपे । (एएफपी)

प्रकृति लम्साल प्रकरणका आरोपित युवक अद्विक श्रीवास्तव धरौटीमा रिहा

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
प्रतिक्रिया