ज्योति विकासको ‘ज्योति स्मार्ट सेभिङ्स’ बचत खाता

काठमाडौँ - ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरूलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्स बचत योजना सार्वजनिक गरेको छ।
बचतसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहककालागि ज्योति स्मार्ट सेभिङ्स खाता सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यस खातामा ग्राहकहरूले शुन्य मौज्दातमै नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क, नि:शुल्क सि-आस्वा, नि:शुल्क मोबाईल बैंकिङ सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ सेवा र नि:शुल्क डेबिट कार्डको सुविधा दिने उल्लेख छ ।
यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरू पनि छन् । ज्योति स्मार्ट सेभिङ्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरू र अनलाइनमार्फत पनि खोल्न सकिने छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकको आवश्यकता र मागलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_LEjVggqqmX_1ztpvgsojvveqjdlnooanemoneikuqq0ljulbxmqo1cyibgc3khmtvlrqf9n.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया