शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

एन्फा प्रवक्ता राइले पनि दिए पदबाट राजीनामा

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) संघको प्रवक्ताबाट किरण राईले राजीनामा दिएका छन् । उनले यसको जानकारी सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । राईले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई राजीनामा पत्र बुझाएका हुन् ।  

‘अखिल नेपाल फुटबल संघको मुख्यालयमा अध्यक्षज्यूलाई वरिष्ठ उपाध्यक्षज्यूको रोहवरमा एन्फाको प्रवक्ताबाट राजीनामा बुझाइयो,’ राईले फेसबुकमा लेखेका छन् । 
टेलिफोन सम्पर्क गर्दा राईले आफूले राजीनामा दिएको पुष्टी गरे । उनले सोमबार अपरान्ह ३ बजे पत्रकार सम्मेलन आयोजना गर्ने पनि जानकारी दिए ।