बंगलादेशले रोहिंग्यालाई पठायाे 'भसन चार टापू'
एक लाख शरणार्थीलाई सारिँदै

काठमाडौँ : बंगलादेशले कक्स बजार वरपरको शिविरमा बस्दै आएका एक हजार ६ सय शरणार्थीलाई भसन चार टापूतर्फ पठाएको छ । करिब एक लाख रोहिंग्या शरणार्थीलाई नयाँ टापूमा सार्ने योजना अन्तर्गत शुक्रबार असुरक्षित भनिँदै आएको त्यस ठायँतर्फ पठाइएको हो ।
उक्त टापू सामुद्रिक सतहबाट निकै कम उचाइमा रहेको र शरणार्थीलाई त्यहाँ सार्नु असुरक्षित हुने विभिन्न मानव अधिकारवादी समूहहरूले बताउँदै आएका छन् । उनीहरूले विरोध जनाए पनि बंगलादेशको सरकारले शरणार्थी सार्ने कामलाई अघि बढाइरहेको छ।
सन् २०१७ मा म्यानमारको सेनाले अल्पसङ्ख्यक रोहिङ्ग्या समुदायमाथि चलाएको कारबाहीपछि विस्थापित बनेका करिब १० लाख शरणार्थीहरू बंगलादेश र अन्य एशियाली मुलुकहरूका विभिन्न स्थानमा बस्दै आएका छन् । ती मध्ये करिब आठ लाख शरणार्थी बंगलादेशमा रहेको उल्लेख गरिएको छ ।
बंगलादेश सरकारले कम उचाइ रहेको टापूमा आफूहरूलाई सार्न लागेको भन्दै शरणार्थी त्यसतर्फ जान अनिच्छुक रहेको भएपनि सरकारकाो दबाबपछि उनीहरू त्यसतर्फ गएको उल्लेख छ । उनीहरूलाई सामुद्रिक सतहबाट कम उचाइ रहेको टापूमा सार्दा शिविरलाई सामुद्रिक छालले डुवानमा पार्नसक्ने मानवअधिकारवादी समूहहरूको भनाइ रहेको छ । रासस

ट्रम्प जी ७ को शिखर सम्मेलन छाडेर अमेरिका फर्के

तेहरान खाली गर्न ट्रम्पको धम्कीपछि इरानीहरू तेहरान छाडन थाले

इरानमाथि हमला गर्ने कि नगर्ने बारेमा ट्रम्प सोचिराखेका छन् : न्यूयोर्क टाइम्स

बङ्गलादेश : हसिनालाई मुद्दाको सामना गर्न फर्कन आदेश

उत्तरपश्चिम कङ्गोमा डुङ्गा डुब्दा ४८ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_1BRycu0jZR_xmaqfg9hlapns2y8xtlkqf6zspofpxqt4pwlyi8jrhulgtl52bmizwewb8wg_e6lgDAcenH_c1xhdhioww95obsmoogelkj3xafwiytlf7yvzp7eho8fy88xyjghqscxm8wr.jpg)
कङ्गोमा भारी वर्षाले २९ जनाको मृत्यु
इजरायलद्वारा इरानी टेलिभिजन कार्यालयमा आक्रमण, आक्रमणपछि पुनः प्रत्यक्ष प्रसारण …

प्रतिक्रिया