मन्त्रिपरिषद् बैठकअघि राष्ट्रपतिसँग प्रधानमन्त्रीको लन्च, बोल्ड निर्णयको तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास शीतलनिवासमा झण्डै दुई घण्टा बिताएर फर्केका छन् । प्रधानमन्त्री ओली खाना खानेगरी नै शीतलनिवास पुगेका थिए । मन्त्रिपरिषद्को बैठक बस्नुअघि प्रधानमन्त्री आज विहान ११ बजे राष्ट्रपति निवास पुगेका थिए । उनी त्यहाँ लामै बसेको शीतलनिवास स्रोतले जानकारी दियो ।
नेकपा सचिवालयमा एक्लिँदै गएका ओलीले कुनै 'बोल्ड' निर्णय लिने तरखर रहेको बालुवाटार स्रोतको दाबी छ । त्यही तयारी स्वरुपको भेटघाट भनिएको छ । यद्यपि प्रधानमन्त्री कार्यालयले उक्त भेटलाई नियमित भनेको छ । ‘शीतलनिवासमा प्रधानमन्त्री आउनु भएको थियो । यहाँ खानासमेत खाएर लामै समय गफिएर फर्कनु भएको छ,’ शीतलनिवासका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीमा केही हडबडाहट र गम्भीरता देखिएको थियो ।’
पार्टीभित्रको किचलो मिलाउन शीतलनिवासलाई समेत उपयोगमा ल्याएका प्रधानमन्त्रीले यो बीचमा पटक पटक राष्ट्रपति भेटेका छन् । संसद बोलाउनुपर्ने बाध्यात्मक अवस्था आइसकेको छ । तर अध्यादेशको तयारीमा समेत लागेका ओली पटक पटक पार्टी विभाजन सम्बन्धी अध्यादेशले विवादमा समेत आएका छन् ।
संसद् बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने

संघीय सरकारले ३ करोडभन्दा माथिका योजना कार्यान्वयन गर्ने गरि छलफल चलिरहेको छ…

चैत्र १५ गतेको घटनाका पक्राउ परेका कुनै पनि व्यक्ति अपराधी होइनन् : कमल थापा

तल्लो तहका जनताको जीवनस्तर उठाउने माओवादीको लक्ष्य हो : प्रचण्ड

बौद्ध धर्मदर्शन पालन गरौँः सञ्चारमन्त्री गुरुङ

देशको अवस्थाबारे सही ढङ्गबाट विश्लेषण गर्ने बेला हो यो : सभामुख घिमिरे

आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल

प्रतिक्रिया