शुक्रबार १९ बैशाख, २०८२
Friday, May 02, 2025

बीपीको चार पाने चिठी रमेशनाथलाई

कथाकारका रूपमा प्रसिद्धि पाइसकेका नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले अपदस्थ गर्दै सुन्दरीजल सैनिक जेलमा बन्दी बनाए । पूर्वपराष्ट्रमन्त्री रमेशनाथ पाण्डेका अनुसार तत्कालीन किशोर पत्रकार पाण्डे र बीपीबीच चिठी आदानप्रदान भइरहन्थ्यो ।

त्यसैमध्येको एक चिठी ३९औँ बीपी स्मृति दिवसको छेकोमा पाण्डेबाट इकागजलाई प्राप्त भएको छ । बीपीको हस्ताक्षरसहित यस चिठीमा उनको आध्यात्मिक, दार्शनिक, साहित्यिक चिन्तनका साथै परिवार र साथीसँगीको चिन्ता पनि पढ्न पाउनुहुनेछ  । चिठीमा लेखिएको छ, ‘श्रद्धा र विश्वासका सम्मुख नास्तिकताको स्थापना दरपक अहंकार दम्भी जस्तो लाग्छ ।’ पढ्नुहोस् बीपीको चिठी रमेशनाथलाई :