जन्ती चढेको गाडी दुर्घटना
धनगढी : डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गएराति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।
बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ ज १२५४ नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका-६ की २० वर्षीया डम्मरा लुहार घाइते भएका छन् । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ । (रासस)

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

प्रतिक्रिया