१२५ वर्षीय पूजारीको निधन

महोत्तरी- जिल्लाको महोत्तरी गाउँपालिका-४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ ।
पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त गरेका उनी शुरुमा औरही नगरपालिकास्थित सोनासती माता मन्दिरको जङ्गलमा बस्दै आएका थिए । स्थानीयवासीका अनुसार योग गर्ने उनले बिरामी हुँदा पनि कहिल्यै औषधि प्रयोग गरेका थिए ।
पूजारी बाबा वैदेही र माता महारानीको प्रत्यक्ष संवाद हुने गरेको र सो मन्दिरमा असल नियतले वर माग्नेहरुको व्यहोरा बाबा वैदेहीले भनिदिएपछि पूरा हुने विश्वास गरिन्थ्यो । उनको अन्तिम संस्कारका लागि स्थानीय गाउँवासी अहिले मन्दिर प्राङ्गडमा भेला भएका छन् । रासस

एपेक्स विद्या मन्दिरका शिक्षकले मरनासन्न हुनेगरी कुटे विद्यार्थी

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

प्रतिक्रिया