आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

रिहा भए कांग्रेस नेता पौडेल

काठमाडौँ :  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले बुधबार साँझ पौडेललाई रिहा गरेको हो । प्रहरीले दिउँसो तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो।

पौडेलले रिहा भएपछि कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी बताए । सरकारले शक्ति दुरूपयोग गरेको प्रतिक्रिया पौडेलले दिए । 

पौडेललाई बुधबार दिउँसो निषेधाज्ञा तोडेर पुल उद्घाटन गर्न गएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेललाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका नेताहरूले विरोध गरेका थिए ।