नाडामा डोंगफेंगको नयाँ इलेक्ट्रिक एसयूवी “नामी एस”

काठमाडौं- नेपाली अटोमोबाइल बजारमा चिनियाँ अटो कम्पनी डोंगफेंग को नयाँ विद्युतीय एसयूवी “नामी एस” ले उल्लेखनीय सफलता पाएको छ। पहिले नै “नामी” ब्रान्डले हैचब्याक र पुरानो एसयूवी सेग्मेन्टमा पहिचान बनाइसकेको अवस्थामा, नयाँ “नामी एस” ले एसयूवी सेग्मेन्टमा धमाकेदार प्रवेश गरेको हो।
कम्पनीका अनुसार, नाडा अटो शो २०८२ मा सार्वजनिक गरिएको यो मोडेलप्रति दर्शक तथा ग्राहकहरूले अत्यन्त सकारात्मक प्रतिक्रिया दिएका छन्। स्टलमा दैनिक सयौं आगन्तुक भित्रिरहेको र बुकिङ संख्या पनि उत्साहजनक रहेको कम्पनी स्रोतले जनाएको छ। हालसम्म १०० भन्दा बढी युनिटको अग्रिम बुकिङ भइसकेको छ।
विशेषताहरूमा ‘सेग्मेन्ट फर्स्ट’ सुविधा
“नामी एस” मा १९० एमएम ग्राउन्ड क्लियरेन्स, ३२ प्रकारका एम्बियन्ट लाइट, मूनरुफ, इन्टरनल तथा एक्स्टर्नल स्पिकर, हिट र भेन्टिलेटेड सिट, सिट मेमोरी फंक्शन, र वेलकम फंक्शन जस्ता सुविधा समावेश छन्, जुन सुविधाहरू सामान्यतः उच्च मूल्य श्रेणीमा मात्र उपलब्ध हुने गर्दछन्।
युवाहरूका लागि लक्षित: क्याम्पिङ र आउटडोर डिजाइन
गाडीको पछाडिको भागमा रहेको “हेवन अन्टिल ओर्किड” डिजाइन, टेलगेट बस्ने व्यवस्था, र क्याम्पिङअनुकूल बनाइएको संरचनाले विशेषगरी यंगस्टर र आउटडोर लभरहरूलाई आकर्षित गरिरहेको कम्पनीको दाबी छ। २५० किलोग्राम भार समेत टेकिने पछाडिको टेलगेट, र सहज संगीत अनुभवका लागि बाहिरबाट पनि स्पिकरमार्फत गीत बजाउने सुविधा यसमा उपलब्ध छन्।
प्रदर्शन र रेन्ज
“नामी एस” ले हालै पोखरासम्मको सफल टेस्ट ड्राइभ पूरा गरेको छ, जसमा काठमाडौँ–पोखरा यात्रा एकैपटक चार्जमा सम्भव भएको जनाइएको छ।
यस गाडीमा रहेको ४४ केडब्ल्युएच र ५१ केडब्ल्युएच क्षमताका दुईवटा ब्याट्री अप्शनमध्ये उच्च क्षमताले झन् लामो दूरी कभ गर्न सक्ने कम्पनीको दाबी छ। सीएलटीसी (CLTC) अनुसार उच्च रेंज पाउने र रियल वर्ल्ड युजमा पनि एसी सहित ३००–३५० किमीको रेंज देखिएको छ।
मूल्य र अफर
डोंगफेंगले “नामी एस” लाई नेपाली बजारमा इन्ट्रोडक्टरी प्राइस अफर सहित ल्याएको हो।
YU2 Variant: रु ३७.९९ लाख
YU2 Plus Variant: रु ४०.९९ लाख
नाडा अटो शो विशेष अफरमा रु १ लाख छुट समेत उपलब्ध रहेको छ। इन्ट्रोडक्टरी अफर समाप्त भएपछि मूल्य क्रमशः रु ३८.९९ लाख र रु ४१.९९ लाख पुग्ने कम्पनीले जनाएको छ।

नाडा अटो सो मा रोयल इनफिल्डको तीन दिनमै १०० भन्दा बढी बुकिङ्ग

लक्ष्मी ग्रुपले ब्रान्डहरूको प्रदर्शनी गर्ने

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

‘नाडा अटो शो’को आकर्षण : उड्ने कारदेखि रोबोटसम्म (तस्बिरहरू)

नाडा अटो शोमा प्रधानमन्त्री ओलीद्वारा बीवाईडी एट्टो २ को अनावरण, बुकिङ पनि खु…

प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन, नयाँ प्रविधि प्रदर्शनीमा

नाडा २०२५ मा विशेष लन्च मूल्य रु. ३७.९९लाख बाट सुरु हुने गरी नयाँ नामी भिग…

प्रतिक्रिया