राजनीतिक दलहरू मुलुकमा सुशासन कायम गर्न असफल भएः विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलहरु मुलुकमा सुशासन कायम गर्न असफल भएको बताएकी छन् ।
बिहीबार काठमाडौंमा मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन गर्दै भण्डारीले राजनीतिक दलहरु प्रणालीमा जान नसकेको र मुलुकमा सुशासन कायम गर्न असफल भएको बताइन् । देश पूर्ण लोकतान्त्रीक युगमा पुगिसक्दा पनि जनताको इच्छा आकांक्षा पुरा हुन नसकेको उनले बताइन् । उनले अहिले संसद समेत निरीह थलोजस्तो भइरहेको टिप्पणी गरिन् ।
ठूला दलहरूले संविधानमा प्रश्न उठाउँदै संशोधनका लागि सहमति गरे पनि संशोधनको मुद्दामा छलफल नै हुन नसकेको उनले बताइन् । भण्डारीले कुनै आरोप लाग्नेबित्तिकै निलम्बन भइहाल्ने व्यवस्था कतिको लोकतान्त्रिक हो ? भन्दै प्रश्न समेत गर्दै जननिर्वाचित प्रतिनिधिहरूको हकमा आरोप लाग्ने बित्तिकै निलम्बन हुन नहुने जिकिर गरिन् ।
त्यस्तै पूर्वराष्ट्रपति भण्डारीले एमालेले मार्गदर्शन सिद्धान्तको रूपमा जबजलाई लिएकाले त्यसको मर्म र भावना अनुरुप काम गर्ने बताइन् । उनले आफ्नो संगठीत सदस्यमाथि नै च्यासलले प्रश्न उठाएको भन्दै आक्रोश व्यक्त गरिन्।
एमालेले सदस्यता नदिएपछि पार्टीको हितमा काम गरिराख्ने उनले बताइन् । भण्डारीले आफू लामो समयदेखि एमालेमा सक्रिय रहेको र एमालेकै निर्देशनमा राष्ट्रपति बनेको स्पष्ट पारिन् ।
कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवादको विचारलाई समर्थन गरेकै आधारमा कुनै पनि वेला चुनौतीको सामना गर्नुपर्ने भएकाले हेक्का राख्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा जबजको विचार अघि सारिएकाले यसमा अडिक रहनुपर्ने उनले उल्लेख गरे ।
पोखरेलले मदन भण्डारी फाउन्डेसनले स्थापना गरेको कार्यालयले उद्देश्य अनुसारको काम गर्ने र मदन भण्डारीका योगदान र विचराहरूलाई जनतामाझ पुराउने विश्वास व्यक्त गरे ।

नेपाललाई भारतको जवाफ- लिपुलेक नेपालले कृत्रिम रूपमा गरेको दाबी हो, प्रमाण …

आज विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय उद्घाटन गर्दै

समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको होः परराष्ट्रमन्त्री देउवा

संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै

माओवादीद्वारा सरकारको आलोचना

प्रतिक्रिया