बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

दिपल एस ०७ आईसीएमा 'एमएडब्लु-ग्यारेन्टिड बाईब्याक' योजना

काठमाडौँ- नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै 'नेक्स्ट लेभल कनेक्टिभिटी'सहितको 'बेस्ट लुकिंग' इभी दिपल एस ०७ आईसीएका लागि ' एमएडब्लु - ग्यारेन्टिड वाईव्याक' योजना घोषणा गरेको छ । नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजवुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस ०७ मा यो ऐतिहासिक ग्राहक योजना ल्याएको हो ।

यस योजना अन्तर्गत दिपल एस ०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ग्यारेन्टिड वाइव्याक भ्यालु' पाउनेछन् ।

यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको 'कन्फिडेन्स' बढ्नुका साथै 'ब्याटी लाइफ' र 'रिसेल भ्यालु' को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’मा भएका कार खरिद गर्न चाहेमा 'ग्यारेन्टिड रिसेल भ्यालु' दिइनेछ ।

यो योजनासँगै ग्राहकहरुले 'जिरो ओनरसिप कस्ट फर फाइभ इयर' यानि दिपल एस ०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निशुल्क ‘अटोप्लस इन्स्योरेन्स', निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स', निशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स'लगायतका सुविधा पाउनेछन् ।

‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,' एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।

‘वाई ब्याक ग्यारेन्टी' र 'जिरो ओनरसिप कस्ट फर फाइभ इयर' जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउनेछ ।