बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

सिजपको अध्यक्षमा अधिकारकर्मी तिलोत्तम पौडेल

काठमाडौँ- बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को नवौँ वार्षिक साधारण सभाले अधिकारकर्मी तिलोत्तम पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्षमा हेमराज जोशी र कुमारी ममता झा, महासचिवमा राजु घिमिरे र कोषाध्यक्षमा सम्झनाकुमारी मल्ल निर्वाचित भएका छन् ।

त्यसैगरी प्रदेश प्रतिनिधित्व अनुसार सदस्यहरूमा कोसीबाट गीता अधिकारी, मधेसबाट सञ्जयकुमार कुशवाहा, बागमतीबाट शिवप्रसाद खकुरेल, गण्डकीबाट केशवप्रसाद पौडेल, लुम्बिनीबाट शिवलाल पाण्डे, कर्णालीबाट केशव आचार्य र सुदूरपश्चिमबाट गीताकुमारी रावल चयन भएका छन् ।

खुलातर्फका सदस्यमा पिङ्की सीँ राणा, शान्ताकुमारी दाहाल र कुन्जनी परियार प्यासी निर्वाचित भएका छन् ।