आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

पर्सामा ५ किलो चाँदीको गहनासहित एक जना पक्राउ

वीरगंज : पर्सामा चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको सिमावर्ती शहर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरी ५ किलो ३ सय ३४ ग्राम चाँदीको गहनासहित ४३ वर्षे अंगद साहलाई पक्राउ गरेको हो । 

पैदल हिँडिरहेको अवस्थामा शंकास्पद देखेपछि वीरगन्जको शंकराचार्य गेट नजिकै चेकजाँच गर्ने क्रममा साहले बोकेको झोलाभित्र उतm परीमाणमा चाँदीको गहना बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । पक्राउ परेका साहलाई चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ ।