भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

काठमाडौँ- भेष्पा अप्रिलियाको नेपालस्थित आधिकारिक बिक्रेताले काठमाडौंको बौद्ध, पिपलबोटमा नयाँ सर्भिस सेन्टर उद्घाटन गरेको छ। कम्पनीले आफ्ना ग्राहकलाई अझ उत्कृष्ट र भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराउने उद्देश्यसहित यो अत्याधुनिक सुविधा सुरु गरेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रा ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छौं। यो नयाँ सर्भिस सेन्टरले भेष्पा अप्रिलियाका स्कुटरधारकलाई सहज र भरपर्दो सेवा सुनिश्चित गर्नेछ।” पूर्ण–सुविधासम्पन्न नयाँ सेन्टरमा अत्याधुनिक उपकरण र दक्ष प्राविधिक उपलब्ध छन्, जसले स्कुटर मर्मत र सेवा प्रक्रियालाई अझ प्रभावकारी र छिटो बनाउनेछन्।
ग्राहकहरूले अब स्पेयर पाट्र्स, नियमित सर्भिस र मर्मत सबै सुविधा एउटै छानामुनि पाउने व्यवस्था गरिएको छ । कम्पनीका निर्देशक तथा सीईओ विजय महतोले उद्घाटन अवसरमा भने, “यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरूको सन्तुष्टिलाई अझ प्राथमिकतामा राख्दै बिक्री पछिको सेवाको दायरा फराकिलो बनाउनेछ।
अब ग्राहकहरूले आफ्नो स्कुटरको मर्मत र सेवाका लागि सहजै सम्पर्क गर्न सक्नेछन्।” डेल्टा अटोकर्पले यसअघि नै भेष्पा अप्रिलिया स्कुटरका लागि गुणस्तरीय बिक्री र बिक्री पछिको सेवामा विश्वास जित्दै आएको छ।
नयाँ सर्भिस सेन्टरको सञ्चालनसँगै कम्पनीले ग्राहक सेवा प्रवाहलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिज्ञा गरेको छ ।

‘नाडा अटो शो’को आकर्षण : उड्ने कारदेखि रोबोटसम्म (तस्बिरहरू)

नाडा अटो शोमा प्रधानमन्त्री ओलीद्वारा बीवाईडी एट्टो २ को अनावरण, बुकिङ पनि खु…

प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन, नयाँ प्रविधि प्रदर्शनीमा

नाडा २०२५ मा विशेष लन्च मूल्य रु. ३७.९९लाख बाट सुरु हुने गरी नयाँ नामी भिग…

विश्वप्रख्यात इभि ब्राण्ड जिलि एक्स र फाइभ जाए एयर नाडा अटो शोमा सार्वजनिक, केक…

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

हुन्डाई नेपालले ल्यायो ‘दशैँ–तिहार, १० गुणा उपहार’

प्रतिक्रिया