बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

‘एससीटी युनियन पे’ कार्डबाट अब मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

काठमाडौं-  नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) ले जारी गर्दै आएको SCT-UnionPay कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै इसेवा, खल्ती, हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो SCT-UnionPay कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ ।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (EPG) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुविधा लिन सक्नेछन् । यस सुविधाले ग्राहकहरूलाई आफ्नो SCT-UnionPay कार्डबाट POS मा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ-कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदि पनि गर्न अझ सरल हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT-UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT-UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै SCT का उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट  प्राप्त गर्न सक्नेछन् ।