महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि हाँसिल भएको होः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ- परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली महिलाहरुको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तीकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छन् ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घद्वारा आज यहाँ आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठीको उहाँले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हाँसिल भएको बताएका हुन् । “महिलाले महत्वपूर्ण संवैधानिक अधिकार प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो”, उनले भनिन् ।
मन्त्री डा राणाले नेपाली कांग्रेसकै महिला नेतृहरु मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाको योगदानको स्मरण गर्दै उनीहरु र अरु महिला नेतृहरुको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको स्पष्ट पारे ।
उनले वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको बताइन् । उनले वि.स २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनमा नेपाली महिलाको सक्रिय सहभागिता रही आएको स्मरण गरे ।
“अग्रजहरुकै प्रेरणाबाट हामी महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ”, उनले भनिन् । वर्तमान संविधानले नेपालको सङ्घीय तथा प्रदेश संसद्मा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक भएको उनको भनाइ थियो ।
नेपाली कांग्रेसकी नेतृ डा. राणाले यी उपलब्धिको रक्षा गर्दै यो कानुनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यावहारिक बनाउन महिलाले नै सङ्घर्ष गर्नुपर्ने अवस्था आएको उल्लेख गरे । महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि संविधान लेख्ने बेलामा आफूहरुले निकै सङ्घर्ष गर्नुपरेको मन्त्री राणाले स्मरण गरिन् ।
उनले महिलालाई राजनीतिमा सजिलो नरहेको बताइन् । उनले भनिन्, “हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हाबी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन । त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लड्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरुलाई जागरुक गर्यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पार्यौँ ।”
उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरुले सुनाउने गरेको बताइन् ।

संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने ६ स्थानीय तहलाई सम्मान गर्ने

प्रतिनिधिसभाको बैठक बस्दै

माओवादीद्वारा सरकारको आलोचना

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

खाली कागजमा हस्ताक्षर गरेका छौँ : योगेश भट्टराई

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

प्रतिक्रिया