विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकको सम्भावित कार्यसूचीबाट विषेश कारणवश ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ सूची हटाइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले समसामयिक विषयमा राख्नुहुने जिज्ञासाको जवाफ दिने सम्भावित कार्यसूची रहेको थियो । प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको प्रावधान रहेको छ ।
सभामुख देवराज घिमिरेले सदनको आजको बैठकमा विषेश कारणवश प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाएको जानकारी गराए । कार्यसूचीमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।
यसैगरी मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

कुवेतमा विषाक्त मदिरा सेवनबाट बिरामी परेका नेपालीको अवस्था जानकारी गराउन म…

सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीक…

उपसभामुखको विषयलाई लिएर हस्ताक्षर भएको छैनः प्रमुख सचेतक बर्तौला

सामाजिक रूपान्तरणका लागि पत्रकारिता, शिक्षा र कर चेतनाको आवश्यकता: उपसभामुख …

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड

तीन तहका सरकारबीचको समन्वयमा मन्त्रालयको काम प्रभावकारी बनाइएको छः उद्योगमन्त्र…

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

प्रतिक्रिया