डिजिटल युगका लागि रेडमी स्मार्टवाच
_Y1ZDaah9J5_eir2kywbweqsjm6bg7vfocnkuxkcsjzktxxtsuy4vze4exz7qkuxtcexdrxr_7qTGEMZgnw_wpmn3a5fhcm4mvmjmb1tjn13xskhpheazj6dckkbt3asy2hf5nlry9od9zhu.jpeg)
काठमाडौँ- आजको डिजिटल जीवनशैलीमा स्मार्टवाच केवल समय बताउने घडी मात्र रहेन, बरु स्वास्थ्य, फिटनेस र सञ्चारका लागि आवश्यक साथी बनेको छ । सुरुमा स्मार्टफोनका केही सुविधा हातमै ल्याउने उद्देश्यले सुरु भएको प्रविधि अहिले विश्वमै सबैभन्दा छिटो बढ्ने प्रविधि बनेको छ । यसले हाम्रो दैनिकीमा सहजता थप्नुका साथै प्रविधिसँगको सम्बन्धलाई अझ घनिष्ट बनाइदिएको छ ।
नेपालको सन्दर्भमा हेर्दा, पछिल्ला वर्षहरूमा स्मार्ट उपकरणप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको छ । विशेषगरी विद्यार्थी र व्यवसायिक वर्गबीच स्मार्टवाचलाई समय व्यवस्थापन मात्र नभई जीवनशैलीलाई अझै राम्रो बनाउने साधनका रूपमा अपनाउन थालिएको छ । किफायती मूल्यमा राम्रो सुविधा पाइने भएकाले यसको माग पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
यस्तै मागलाई ध्यानमा राख्दै शाओमीको सह–ब्रान्ड रेडमीले रेडमी वाच थ एक्टिभ र रेडमी वाच थ लाइट (जीएनएसएससहित) बजारमा ल्याएको छ । यी दुबै मोडलहरूले लामो समय टिक्ने ब्याट्री, बलियो संरचना र स्वास्थ्य तथा फिटनेस निगरानीका विस्तृत सुविधा प्रदान गर्छन् ।
रेडमी वाच थ एक्टिभ रु ४,९९९ मा उपलब्ध छ, जसमा २ इन्चको उज्यालो डिस्प्ले छ, जसले सूर्यको प्रत्यक्ष प्रकाशमा पनि स्पष्ट देखिन्छ । यसमा १८ दिनसम्म टिक्ने ब्याट्री क्षमता छ, जसले गर्दा लामो यात्रामा निस्किनेहरूका लागि निकै उपयोगी छ । थप रूपमा, यसमा भ्वाइस कमाण्डमार्फत चल्ने एलेक्सा सुविधा, १४० भन्दा बढी खेल मोडहरू र धातुको मजबुत संरचना जस्ता विशेषताले यसलाई विश्वसनीय बनाएको छ ।
त्यस्तै, रेडमी वाच थ लाइट भने प्रिमियम मोडलका रूपमा रु। ७,४९९ मा उपलब्ध छ । यसमा रहेको जीएनएसएस प्रविधिले पाँचवटा स्याटेलाइट नेटवर्कसँग एकैपटक जोडिन सक्ने भएकाले स्थान ट्र्याकिङ अझै सटीक हुन्छ । १।९६ इन्चको एमोलेड डिस्प्ले, डुअल–माइक्रोफोन सेटअप, थएटीएम पानी प्रतिरोध र १थ० भन्दा बढी वर्कआउट मोडहरूले यसलाई फिटनेसप्रेमी र साहसिक यात्रुहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ ।
यी दुई मोडलले स्मार्टवाच बजारका प्रायः देखिने समस्याहरूलाई समाधान गर्ने प्रयास गरेका छन् । लामो समय टिक्ने ब्याट्रीले बारम्बार चार्ज गर्ने झन्झट हटाउँछ, उन्नत जीपीएस वा जीएनएसएस प्रणालीले सहरी वा ग्रामीण दुबै क्षेत्रमा भरपर्दो नेभिगेसन दिन्छ, र बलियो संरचनाले लामो समयसम्म प्रयोग गर्न सकिने विश्वास दिलाउँछ ।
अझै भन्नुपर्दा, रेडमीका यी स्मार्टवाचहरू केवल प्रविधि प्रदर्शनका लागि मात्र नभई व्यावहारिक प्रयोगका लागि डिजाइन गरिएका छन् । सक्रिय जीवनशैली, स्वास्थ्य सचेतना र पेशागत आवश्यकता पूरा गर्ने गरी बनाइएका यी उपकरणहरूले नेपाल जस्ता मुलुकमा बढ्दो स्मार्ट प्रविधि संस्कृतिलाई अझ मजबुत बनाउने संकेत दिन्छन् ।

सामसुङले स्मार्टफोन मर्मतका लागि सुरु गर्यो सामसुङ 'मनसुन क्याम्प'

प्रोटनले नेपाली सपनालाई उर्जा दिँदै ल्यायो 'ड्रिम अ ड्रीम' क्याम्पेन

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

प्रतिक्रिया