सूचना नपाएको सूचना अधिकारीको गुनासो
_ijHP2mCbKs_dsczkldcb6zysu1nod5vcn36czctxsalyrbkaem3npizrhgjrcsknw0i1ume_CceIDetcxf_e6zvwmrqmmnqzfr4k45xy1asjtoulyobrlvsl6herircdevejcmqw6krlnlu.jpg)
खोटाङ- दिक्तेलमा मङ्गलबार आयोजित सूचनाको हकसम्बन्धी छलफलमा सहभागी जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले कार्यालयबाट आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार सूचना भने प्राप्त नहुने गुनासो गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले कार्यालय प्रमुखहरूले नै पत्रकार तथा नागरिकलाई सूचना उपलब्ध गराउन आनाकानी गर्ने गरेको बताए ।
“म कार्यालयको सूचना अधिकारी हुँ तर म आफैलाई सूचना प्राप्त हुँदैन । अन्य साथीहरूको पनि यही गुनसो छ”, उनले भने ।
नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाका अध्यक्ष हरिबोल आचार्यले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा समाचार लेख्दा समेत पत्रकारहरुविरुद्ध विज्ञप्ति जारी हुने गरेको कटु यथार्थ सुनाए ।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले सूचनाको हक मौलिक हक भएकाले प्रत्येक कार्यालयले पत्रकार तथा आम नागरिकले चाहेको समयमा सूचना उपलब्ध गराउन आनाकानी गर्न नहुनेमा जोड दिए ।

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

अलैँचीको भाउ सात वर्ष यताकै उच्च

प्रतिक्रिया