युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव: ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् ।
सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई युक्रेनमा राख्न तयार हुन्छन्।”
ट्रम्पले भने, “हामी उनीहरूलाई विशेष गरी हवाई माध्यमबाट मद्दत गर्न इच्छुक छौं, हामीसँग भएको प्रकारको हसतियार कसैसँग पनि छैन, वास्तवमा, उनीहरूसँग छैन।”
उनले युक्रेनमा कुनै पनि अमेरिकी सेना तैनाथ नहुने आफ्नो ‘आश्वासन’ थपे तर युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नेटोमा सामेल गराउने कुरा अस्वीकार गरे ।
रुसी आक्रमणको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि युद्धपछिको सुरक्षा किएभका लागि प्रमुख चिन्ताको विषय बनेको छ । मस्कोले लामो समयदेखि युक्रेनलाई नेटोमा सामेल भएको सहन नगर्ने बताउँदै आएको छ र पूर्व सोभियत क्षेत्रमा पश्चिमी सेना तैनाथ गर्ने विचारको विरोध गर्दै आएको छ। (एएफपी)

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_aK3e5UR9dD_zxcd4whycdihpqafbfpgr9m5rymbuebuidfvrcykcrakr8zmpjm977gdrlcs.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_P5Hcw0E9jg_6dpdyysciihxol4jfy3pg7zeftcrmmylilt9kbaqtu5fbckkima6ocrdkgma.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

प्रतिक्रिया