नाडा अटो शोमा प्रधानमन्त्री ओलीद्वारा बीवाईडी एट्टो २ को अनावरण, बुकिङ पनि खुला गरियो

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बीवाईडीको हालसम्मकै सबैभन्दा सहज मूल्यमा उपलब्ध एसयूभी 'बीवाईडी एट्टो २'को अनावरण गरेका छन् । उनले आज (मंगलबार)देखि सुरु भएको नाडा अटो शो २०२५ मा उक्त एसयूभीको अनावरण गरेका हुन् ।
नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रूपमा अल–न्यु बीवाईडी एट्टो २ भित्र्याएको हो । नेपालकै सबैको पहुँचयोग्य अर्थात् सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रूपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।
उक्त अनावरण समारोहमा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अश्मी श्रेष्ठको उपस्थिति थियो ।
बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्यान्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।
बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जरसमेत समावेश छ ।
कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन
कम्पनीका अनुसार कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।
बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लूएलटीपीअनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ । यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टरको उद्घाटन

‘नाडा अटो शो’को आकर्षण : उड्ने कारदेखि रोबोटसम्म (तस्बिरहरू)

प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन, नयाँ प्रविधि प्रदर्शनीमा

नाडा २०२५ मा विशेष लन्च मूल्य रु. ३७.९९लाख बाट सुरु हुने गरी नयाँ नामी भिग…

विश्वप्रख्यात इभि ब्राण्ड जिलि एक्स र फाइभ जाए एयर नाडा अटो शोमा सार्वजनिक, केक…

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

हुन्डाई नेपालले ल्यायो ‘दशैँ–तिहार, १० गुणा उपहार’

प्रतिक्रिया