सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

काठमाडौँ- सिरहामा सिँचाइका लागि गाडिएका चार सय ३३ वटा डिप बोरिङमध्ये आधाभन्दा बढी हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । कृषि ज्ञान केन्द्रका अनुसार प्राविधिक संरचना, विद्युत् ट्रान्सफर्मर, पाइपलाइनको अभाव र स्थानीय समिति गठनमा चासो नहुनुजस्ता प्रमुख कारणले बोरिङ सञ्चालनमा आउन नसकेका हुन् ।
केन्द्र प्रमुख नरेन्द्रकुमार महासेठले यहाँको गोल बजार नगरपालिकामा गाडिएका एक यस ५४ डिप बोरिङमध्ये ३२ वटा, धनगढीमाई नगरपालिकामा २४ मध्ये १७, भगवानपुर र नवराजपुर गाउँपालिकामा सात–सात वटा बोरिङमध्ये पाँच–पाँच, कर्जन्हा नगरपालिकामा २८ मध्ये १६, विष्णुपुर गाउँपालिकामा पाँचमध्ये तीन र सखुवानन्कारकटी गाउँपालिकामा १० वटामध्ये एउटासमेत सञ्चालनमा नआएको बताए ।
यस्तै, बरियारपट्टी गाउँपालिकामा १७ मध्ये १०, मिर्चैया नगरपालिकामा ३३ मध्ये २४, अर्नमा गाउँपालिकामा १५ मध्ये १४, सिराहा नगरपालिकामा २६ मध्ये १५, कल्याणपुरमा एक, लक्ष्मीपुर पतारीमा २१ मध्ये सबै, सुखीपुरमा १० र नरहा गाउँपालिकामा ४१ मध्ये ३२ वटा सञ्चालनमा आउन सकेका छैनन् । लहान नगरपालिकामा पनि १६ मध्ये १३ वटा बोरिङ सञ्चालनमा आउन सकेका छैनन् ।
“कतिपय पालिकामा डिप बोरिङ जडान भएको ३० वर्ष नै पुगिसकेको छ, तर अझैसम्म विद्युतीकरण, पाइपलाइन विस्तार र समिति गठन गरिएको छैन । त्यसै कारण बोरिङ सञ्चालनमा छैनन्”, केन्द्र प्रमुख महासेठले भने ।
सरकारले मधेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गर्दै सिँचाइको दीर्घकालीन समाधान स्वरूप पाँच सय डिप बोरिङ जडान गर्ने घोषणा गरेको छ । सिरहामा भने बगितमा गाडिएका बोरिङमध्ये करिब ६० प्रतिशत सञ्चालन हुन सकेका छैनन् । स्थानीय किसान तथा सरोकार भएकाहरू जिल्लाभर करोडौँ खर्चेर जडान भएका बोरिङ सञ्चालनमा जोड दिनुपर्ने र सरकारको घोषणाअनुसार आवश्यक ठाउँमा नयाँ जडान गर्नुपर्ने बताए ।

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

काठमाडौँ जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

राशीफलमा यस्तो छ आज तपाईंको भाग्य

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...

प्रतिक्रिया