मंगलबार ०३ भदौ, २०८२
Tuesday, August 19, 2025

खाली कागजमा हस्ताक्षर गरेका छौँ : योगेश भट्टराई

काठमाडौँ- नेकपा (एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले खाली कागजमा हस्ताक्षर गरेको बताएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले हस्ताक्षर संकलन भइरहेको बताएका हुन् ।

हस्ताक्षर संकलन पूरानो चलन भएको बताएका छन् ।

'कुनै बेला अपर्झट प्रस्तावहरू केही दर्ता गर्नुपर्ने हुन्छ । त्यतिबेला माननीयहरू कोही विदेश गएका हुन्छन्, कोही काठमाडौँ बाहिर हुन्छन् । त्यस्तो बेलामा प्रयोग गर्न पूर्वतयारीका लागि हस्ताक्षर लिएर राखिन्छ' भट्टराईले भने 'यो कुनै नौलो र ठूलो कुरा होइन । २०४८ सालदेखि नै चलेको चलन हो । हाम्रो जस्तो संसदीय अभ्यास भएका मुलुकहरुमा जहाँ पनि चल्छ ।'

र, यो पनि