त्रियुगामा माछा मार्न गएका एकजना बेपत्ता

गाईघाट (उदयपुर)- यहाँको चौदण्डीगढी नगरपालिका–६ सातघरेका दिलबहादुर राई सोमबार त्रियुगा खोलामा माछा मार्न जाने क्रममा बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङका अनुसार ४५ वर्षीय राई त्रियुगास्थित भिमाहामा बल्छी लिएर माछा गर्न गएका थिए । दिनको ३ बजेतिर खोलामा गएका राई बेपत्ता भएका हुन् ।
बेपत्ता राईको खोजी गए रातिसम्म जारी रहेको र आज बिहानदेखि पुनः सुरु गरिएको सूचना अधिकारी दोङले बताए । बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।

ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु

डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

अलैँचीको भाउ सात वर्ष यताकै उच्च

जडीबुटीखेती गरेर वार्षिक सात लाखसम्म आम्दानी गर्दै वडाध्यक्ष शेर्पा

खोटाङमा डेङ्गु र स्क्रबटाइफस सङ्क्रमण बढ्दै

प्रतिक्रिया