सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमार्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग रु सात लाख ३१ हजार बराबरको घुस लिएको अभियोग लागेको छ । आयोगले आरोपी यादवविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
यस्तै, बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नका लागि रविनकुमार श्रेष्ठले रु दुई लाख घुस दिएको भन्ने आरोपमा पोखरा महानगरपालिका कास्कीका तत्कालीन न्यायिक समिति सदस्य एवं सोही महानगर-९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको छ ।
न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा घुस दिन खोल्ने रविनकुमार र न्यायिक समिति सदस्य भावना श्रेष्ठविरुद्ध बिगोबमोजिम कारबाहीको माग गर्दै सोमबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

राशीफलमा यस्तो छ आज तपाईंको भाग्य

निभिया महिला विशेष तीज मेला २०८२ आयोजना हुने

दुर्गा प्रसाईले पार्टी खोल्ने

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबिच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी

प्रतिक्रिया