पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइते भएका छन् । रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको पहिरोमा दुई मजदुर पुरिएका हुन् ।
उक्त घटनामा घाइते भएका पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । “घटनास्थलमा प्रहरीको टोली पुग्दैछ, त्यहाँ काम गर्ने नेपाली कामदारले एक नेपाली, एक विदेशी नागरिकको शव भेटिएको जानकारी दिएका छन,” उहाँले भन्नुभयो, “मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।”

दुर्गा प्रसाईले पार्टी खोल्ने

खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबिच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

राशिफलमा यस्तो तपाईंको भाग्य

जलवायु परिवर्तनले निर्माण श्रमिक र आदिवासी जनजातिलाई सबैभन्दा बढी प्रभावित

विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

प्रतिक्रिया