चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

चितवन- गत एक वर्षमा बिभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर÷अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एकजना बालक पक्राउ गरी कारबाही गरिएको हो । प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा बिभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ ।
विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो । उनले भने “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।”
लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसूर/अभद्र व्यबहारसमेत बालबालिकालाई प्रयोग गर्ने गरेको उनले बताए ।
चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । उनले भने “चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ ।”

लागुऔषधसहित सात युवक पक्राउ
५० वर्षपछि जग्गाधनी प्रमाण पुर्जा पाउँदा खुसी छन् भुम्लुवासी

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काभ्रेका भुम्लुबासीले ५० वर्षपछि पाए लालपूर्जा

पेट्रोलियम पदार्थ चोरी गर्दै हिँड्ने गिरोहका चार पक्राउ

सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

प्रतिक्रिया