काठमाडौँमा डेङ्गु नियन्त्रण गर्न तीन सय युवा परिचालन गरिँदै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले डेङ्गु जस्ता महामारीजन्य रोग रोकथाम र नियन्त्रण गर्न झण्डै ३०० युवा परिचालन गर्ने तयारी गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा उनीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गरिने जनाएको छ ।
महानगरपालिकाका स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार अहिले महानगरपालिकाले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा युवालाई परिचालन गर्न लागेको हो ।
यसअन्तर्गत लामखुट्टेको लार्भा नष्ट गर्न विशेष जोड दिइनेछ । त्यसका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, खुला स्थानमा राखिएका पानी जम्न सक्ने भाँडा, टायर हटाउने, उद्यान सरसफाइमा विशेष ध्यान दिनेलगायत काम गरिने उनले जानकारी दिए ।
महानगरपालिकाले सहरी व्यवस्थापन विभागसँग मिलेर अव्यवस्थित रूपमा राखेका सामान हटाउनका लागि पहल गर्ने, पानी जम्ने सम्भावना भएको अवस्थालाई व्यवस्थापन गर्ने तयारी पनि गरेको छ । यससँगै कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग र नेपाल रेडक्रस सोसाइटी तथा नागरिक सचेतना पनि सञ्चालन गरिने छ ।
वडा कार्यालय, स्वास्थ्य प्रवद्र्धन केन्द्र, स्थानीय क्लब, सामुदायिक प्रहरी र स्वास्थ्य स्वयंसेविकाको सहभागितामा यो अभियान सञ्चालन हुनेछ । त्यसैगरी महानगरपालिकाले हैजा रोग नियन्त्रण गर्न खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न प्लास्टिक र्याप, स्टिकर र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

अपोलो अस्पतालले नेपाली बिरामीहरूका लागि सुरू गर्यो ग्यास्ट्रोएन्टेरोलोजी र न्य…

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

आधारभूत अस्पताललाई बजेट अभाव

ग्याँस, मधुमेह, एसिडिटी र मृगौलाको समस्या भएकाले खान हुन्न म्याङ्गाे शेक

भरतपुर आँखा अस्पतालमा ९० प्रतिशत भारतीय बिरामी

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

प्रतिक्रिया