विद्यार्थीलाई आत्मनिर्भरता र जीवनोपयोगी सीप सिकाउँदै नेसनल ओपन स्काउट

काठमाडौँ- नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौँ फ्रेण्डसिप लन्च हाइक उत्साहपूर्वक सम्पन्न भएको छ । कृष्ण जन्माष्टमीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिकास्थित दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल माध्यमिक विद्यालय, कान्ति भैरव मा.वि. र ओरिएन्टल एकेडेमीमा अध्ययनरत स्काउटका विद्यार्थीहरूको सहभागितामा भक्तपुरको निलबाराही क्षेत्रमा एक दिने हाइक सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्काउटका पूर्व प्रमुख आयुक्त रविन दाहालले यस्ता क्रियाकलापहरूले विद्यार्थीहरूको शारीरिक, मानसिक र नेतृत्व क्षमता अभिवृद्धिमा ठूलो योगदान पुर्याउने बताए । उनका अनुसार स्काउटको माध्यमबाट विद्यार्थीहरूले शैक्षिक ज्ञान मात्र नभई जीवनोपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्ने अवसर पाउँछन् ।
विशेष अतिथि शिक्षाविद् तथा महाकवि देवकोटा मेमोरियल मा.वि.का प्रिन्सिपल रमेश शर्माले स्काउट कार्यक्रमलाई व्यवहारिक जीवन सीपसँग जोडिएको अत्यन्तै महत्त्वपूर्ण अभ्यासको रूपमा वर्णन गरे । उनले पुस्तकको ज्ञानसँगै व्यवहारिक दक्षता र सामाजिक मूल्यमा पनि आजको पुस्ता पारंगत हुनुपर्ने आवश्यकता औंल्याए ।
दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईले स्काउट कार्यक्रमले विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने बताए ।
कार्यक्रमका सभापति तथा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले स्काउट हाइकले विद्यार्थीलाई आत्मविश्वासी र व्यवहारिक बन्न प्रेरणा दिने धारणा राखे । उनका अनुसार स्काउटले सानै उमेरदेखि “आफ्नो काम आफैं गर्ने” संस्कार विकास गर्न सहयोग गरिरहेको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले दाउरामा खाना पकाउने अभ्यासदेखि विभिन्न साहसिक खेलसम्मको अनुभव लिए । साथै, स्काउटका पूर्व कार्यसमिति सदस्य देवदूत अधिकारीले कला प्रस्तुति दिएर विद्यार्थी र उपस्थित स्काउट मास्टरलाई मनोरञ्जन समेत गराएका थिए ।
यस अवसरमा सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामा, देवदूत अधिकारी, दिपेश केसीलगायतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सफल संयोजन नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालले गरेका थिए ।

जलवायु परिवर्तनले निर्माण श्रमिक र आदिवासी जनजातिलाई सबैभन्दा बढी प्रभावित

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, आज रथयात्राको तयारी

बिक्न छाडे सारङ्गी, सुनिन छाड्यो धुन

एसएसपी अधिकारी पशुपतिनाथ सफाइ अभियानमा सहभागी

देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

प्रतिक्रिया