नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन- पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरो पन्छाएपछि अहिले दिउँसो १ बजेदेखि सडक पुनःसञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार आज बिहान ४ः२० बजे गएको पहिरो ८ बजे पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो ।
इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै सवारी आवागमन सुरु भएको उनले जानकारी दिए । आवागमन सुरु भएपछि रोकिएका सवारीसाधनहरू गन्तव्यमा जान थालेका छन् । यस स्थानमा अन्य समयमा पनि ढुङ्गा खस्दै आएकाले सतर्कताका साथ यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो

बेनी–जोमसोम सडकमा राति सवारी सञ्चालनमा रोक लगाइने

तीन दिनदेखि कालीगण्डकी ‘करिडोर’ ठप्प

तीनवर्षमा सम्पन्न हुनुपर्ने कमला नदीको पुल १४ वर्ष पनि अधुरै

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

गुल्मी र पाल्पामा पहिरोले सडक अवरुद्ध

बाढीले पुल भासिँदा आवतजावत ठप्प

प्रतिक्रिया