पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_HNvokBHOE3_jcusjlw8piolshyrlzalq0hbi8s47dn17z60zqmnqj8nlumc393aavluxif3.jpg)
वार्सा- पाकिस्तानमा लगातारको भारी मनसुन वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तीमा ३२० जनाको ज्यान गएको छ । सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो, जहाँ १८० जनाको मृत्यु भएको छ । पाकिस्तानअधीन कश्मीरमा नौ जना र गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जनाको ज्यान गएको छ ।
बाढी र पहिरोका कारण महिलासहित धेरै बालबालिकाहरूको मृत्यु भएको छ । उद्धार कार्यका क्रममा मौसम खराबीका कारण प्रान्तीय सरकारको हेलिकप्टर दुर्घटना हुँदा दुई पाइलटसहित पाँच जनाले ज्यान गुमाएका छन् ।
सरकारले बुनर, बजौर, मानसेहरा र बट्टाग्राम जिल्ला ‘विपद् प्रभावित क्षेत्र’ घोषणा गरेको छ । स्थानीय बासिन्दाहरूले घटनालाई ‘प्रलय’ र ‘प्रलयको दिन’ सरह भयावह भएको बताएका छन् ।
पाकिस्तानको मौसम विभागले आगामी दिनमा झनै भारी वर्षा हुने चेतावनी दिँदै जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको छ । सरकारद्वारा शनिबारलाई शोकको दिन घोषणा गरिएको छ, जहाँ राष्ट्रिय झण्डा आधा झुकाइनेछ र मृतकहरूलाई राज्य सम्मानसहित अन्त्येष्टि गरिनेछ ।
जलवायु परिवर्तनका कारण पाकिस्तानमा यस्ता चरम मौसम घटनाहरू बढ्दो क्रममा छन् । यो वर्षको असामान्य मनसुनले अहिलेसम्म ५०० जनाभन्दा बढीको ज्यान लिइसकेको छ । (एएफपी)

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_drKbeGrls3_sxqdupstdru8cvsu9yqc4vbshwtkvikzhutcydn1f6nzrswjdvbbv5ghjipp.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

इरानको अडान यथावत रहेमा प्रतिबन्ध पुनः लागू गर्न समर्थन दिन इयू तयार

गाजामा नयाँ आक्रमणका लागि योजना स्वीकृतः इजरायली सेना

प्रतिक्रिया