सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

बागमती- सुक्खा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने सडक अबरुद्ध भएको छ । हेटौंडा–-फाखेल–दक्षिणकाली काठमाडौं सडकअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ ज्यामिरेमा आज विहान ९:३० बजेतिर सुक्खा पहिरो खस्दा यस क्षेत्रमा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
यस्तै त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा नजिकै ढुङ्गा र रुख खस्दा सडक पूर्ण रुपमा अबरुद्ध भएको छ । दुवै ठाउँमा डोजर परिचालन गरी पहिरो पन्छ्याउने काम भइरहेको उनको भनाइ छ ।

कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

मध्यपुरथिमिको बोडेमा नीलबाराही नाच सुरु

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

प्रतिक्रिया