अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

अछाम- झण्डा फहराउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छभने पाँच जना घाइते भएका छन् ।
जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–१ जयगढ बजारस्थित बर्दादेवी मन्दिर नजिक कृष्ण जन्माष्टमीका अवसरमा लाग्ने मेलाको तयारीस्वरूप सार्वजनिकस्थलमा नेपालको राष्ट्रिय झण्डा गाड्ने क्रममा उक्त फलामे झण्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको हो ।
करेन्ट लागेर घाइते भएका मेल्लेख गाउँपालिका–७ नन्देगडा निवासी १६ वर्षीय रोहित साउदको उपचारका क्रममा बयालपाटा प्रादेशिक अस्पताल अछाममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालले बताए । घाइते बान्निगढी जयगढ– ६ का १८ वर्षीय समीर शाह, १७ वर्षका विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका–४ मुगसैनका १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका–६ भाटाकाटियाका १६ वर्षीय शमशेर साउदको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य छ ।

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

वाइसीएलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन
जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कैलाली कारागारः परिस्थिति प्रहरीको नियन्त्रणमा

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

प्रतिक्रिया