देशलाई अगाडि बढाउने उदेश्यका साथ सरकार लागिपरेको छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडि बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका छन् । शुक्रबार जनकपुरमा मधेश प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलेको अवस्थामा नभइ नयाँ अवस्थामा देशलाई अगाडि बढाउने उद्देश्यका साथ सरकार लागिपरेको बताएका हुन् ।
उनले भ्रष्टाचार नियन्त्रण र जनतालाई छिटो छरितो सेवा सुविधा उपलब्ध गराएर सुशासन कायम गर्न गर्नुपर्नेमा जोड दिए । अपराध अनुसन्धान र नियन्त्रण लगायत थुप्रै कामहरूमा नेपाल प्रहरीले ध्यान दिनुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले लागू औषध नियन्त्रणमा मधेश प्रदेशले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।
उनले शान्ति सुव्यवस्था स्थापना गर्न र जनतालाई प्रारम्भिक न्याय दिने काममा प्रहरी प्रशासनले विशेष ध्यान दिने विश्वास व्यक्त गरे । मधेस प्रदेश सरकारको करिब रु २३ करोड १० लाख ४३ हजारको लागतमा निर्माण भएको सुविधा सम्पन्न उक्त भवनमा ६८ वटा कोठा रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

कार्यप्रगति देखिने गरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्छ : ऊर्जामन्त्री खड्का

नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

चिकित्सा शिक्षा आयोगको २१ औैँ बैठक संख्यावृद्धिसहित सिट निर्धारण

जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

प्रतिक्रिया