शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

काठमाडौँ- अस्ट्रेलियाको डार्विनमा जारी ‘टप एण्ड टी–२० सिरिज’को उद्घाटन खेल आज नेपाल र अस्ट्रेलियाली क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरबीच हुँदैछ ।

नेपाली समयअनुसार मरारा क्रिकेट मैदानमा आज अपराह्न २:१५ बजे खेल सुरु हुनेछ ।

ट्वान्टी–२० विश्वकप छनोटको तयारी स्वरूप पहिलोपटक यो प्रतियोगितामा नेपाल सहभागी भएको हो ।

प्रतियोगितामा आयोजक अस्ट्रेलियासहित अमेरिका, पाकिस्तानलगायत ११ देशका  टोली प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता आगामी भदौ ८ गतेसम्म जारी रहने छ ।