रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु

रौतहटको परोहा नगरपालिका–६ बसन्तपट्टी टोलमा करेन्ट लाग्दा एक किशोरको मृत्यु भएको छ। बिहीवार दिउँसो करिब २ बजे आफ्नै खेतमा मोटरले पानी पटाउने क्रममा तार छुट्याउने बेलामा करेन्ट लागी १६ वर्षीय राहुल कुमार पण्डित गम्भीर घाइते भएका थिए।
घाइते पण्डितलाई तत्काल उपचारका लागि घोडहीमाई अस्पताल ल्याइए पनि दिउँसो करिब २:२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक राहुल, उमेश पण्डितका छोरा हुन्। घटनाबारे खबर पाएपछि इलाका प्रहरी कार्यालय कोप्वा पिपरिया, रौतहटका प्रनानि महानन्द प्रसाद यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

राशिफलमा यस्तो छ तपाईंको भाग्य

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

पाँचपोखरी थाङ्पालमा ८४ फिटको बुद्ध प्रतिमा अर्को वर्षसम्ममा निर्माण सम्पन्न हुने
इलाममा १४६ मिलिमिटर वर्षा, राति पश्चिममा मनसुन सक्रिय

जिप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

प्रतिक्रिया