त्रिभुवन विमानस्थलमा विशिष्ट कक्ष प्रयोगमा कडाइ
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_ogvWLTMKrK_ikmcfhrw05n707ln722oymofhjuqu6bxdfyda18ut028ag4aaa2fubcfoc1d_3YhCBl2s9l_zei9t5xzhf8gvru98udfhoird79qppxivz6ofjipe6wgsrzvf4km0bpsvicx.jpeg)
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष (भीआईपी लाउन्ज) प्रयोगमा कडाइ गर्ने भएको छ। विमानस्थल कार्यालयले बुधबार सूचना निकालेर राजपत्रमा तोकिएका अति विशिष्ट र विशिष्ट व्यक्ति तथा पदाधिकारी बाहेकलाई भीआईपी लाउन्ज प्रयोग गर्न नदिने बताएको छ।
‘राष्ट्र/समाजमा विशेष योगदान दिई राष्ट्रिय/अन्तर्राष्ट्रिय पहिचान बनाएका ख्याति प्राप्त व्यक्ति, धार्मिक, समाजसेवी, प्रशासनविद, राजनीतिकर्मी, खेलाडी लगायत विभिन्न व्यक्तिबाट विशिष्ट कक्ष प्रयोगका लागि मौखिक तथा लिखित अनुरोध आउने र कहिलेकाहीँ दबाबसमेत आउने गरेको छ। अबदेखि राजपत्रमा उल्लेख गरिएका अति विशिष्ट र विशिष्ट व्यक्ति तथा पदाधिकारी बाहेकलाई विशिष्ट कक्ष उपलब्ध गराइने छैन,’ विमानस्थल प्रशासनले सूचनामा उल्लेख छ ।
विशिष्ट कक्ष प्रयोगका लागि सम्बन्धित निकायले कम्तीमा दुई घण्टाअगावै विमानस्थल कार्यालयलाई आधिकारिक पत्र पठाएर जानकारी गराउनुपर्नेछ।

तारे होटलमा कोदोको तात्तातो सेल !

‘मोहनी ढोरपाटन’ पुग्नै सकस

जुलाईमा नेपाल भित्रिए ७० हजार विदेशी पर्यटक

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

प्रतिक्रिया