बिहीबार २९ साउन, २०८२
Thursday, August 14, 2025

ईभी स्कुटर याडियाले घटायो मूल्य

काठमाडौं- इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड बनेको याडियाले आफ्नो उच्च प्रदर्शनयुक्त मोडल ‘याडिया भेल्याक्स’मा विशेष मूल्य घटाउने अफर घोषणा गरेको छ । नेपालमा यसको आधिकारिक वितरक कुजु नेपाल प्रालिका अनुसार अब भेल्याक्सको मूल्य पुरानो २,८५,००० बाट घटाएर २,४५,००० कायम गरिएको कम्पनीले जनाएको छ ।

यो अफर याडियाले विश्वभर ७० लाखभन्दा बढी युनिट बिक्री र निरन्तर ८ वर्षसम्मको अग्रता मनाउने अवसरमा ल्याइएको हो। भेल्याक्स त्यस्ता सवारका लागि डिजाइन गरिएको हो जसले प्रदर्शन र भरपर्दोपन दुवै खोज्छन् । यसमा ३२०० वाटको मोटर र १७२ न्यूटन-मिटर टर्क छ, जसले ६२ किलोमिटर प्रतिघण्टा सम्मको गति दिन्छ र एकपटकको चार्जमा १०० किलोमिटर सम्म यात्रा गर्न सक्छ ।

यसमा ३० एएच/७२ भोल्टको लिथियम आयरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो जीवनचक्र प्रदान गर्छ। साथै, जहाँसुकै सजिलै चार्ज गर्न सकिने सुविधा पनि छ ।

सुविधातर्फ, भेल्याक्समा रिभर्स मोड, लामो यात्राका लागि क्रुज कन्ट्रोल, अगाडि र पछाडि दुवैमा डिस्क ब्रेकसहितको सीबीएस प्रणाली, र १७० मिमि ग्राउण्ड क्लियरेन्स जस्ता विशेषताहरू छन् । कम्पनीले ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५०,००० किलोमिटरको वारेन्टी पनि उपलब्ध गराएको छ ।

विशेष अफर सीमित स्टकका लागि मात्र लागू हुने र स्टक सकिएपछि पुनः पुरानो मूल्य लागू हुने बताइएको छ । याडिया अहिले १०० भन्दा बढी देशमा सञ्चालनमा छ र आधुनिक इलेक्ट्रिक मोबिलिटी समाधानका साथ ईभी क्रान्तिको नेतृत्व गरिरहेको छ। कुजु नेपाल प्रा.लि. सन् २०२० देखि याडियाको आधिकारिक वितरक रहँदै आएको छ ।