सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

काठमाडौँ- आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उहाँलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख प्रदान गरिने निर्णय भएको जानकारी पनि दिएका छन् ।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका हुन् ।

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

प्रतिनिधिसभाको बैठक बस्दै

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

बागमतीका मुख्यमन्त्री बाँनियाँले पाए विश्वासको मत

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : प्रचण्ड

प्रतिक्रिया