'शोले'को ५० वर्ष पूरा, सोभियत संघवाला भन्थे- वसन्ती, ए कुत्तेका सामु मत नाँच

मुम्बई- यो १५ अगस्टमा भारतीय सिनेमाको कल्ट फिल्म ‘शोले’ रिलिज भएको ५० वर्ष पूरा गर्नेछ ।
रमेश सिप्पीले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर ६ मा चलचित्रको ५० औँ वार्षिकोत्सवको अवसरमा टोरन्टो, अमेरिकामा बिशेष प्रिमियर पनि हुँदैछ । फिल्मको फोर के संस्करण अमेरिकामा दर्शकहरूका लागि उपलब्ध हुनेछ। फिल्मसँग सम्बन्धित यति ठूलो खबर आए पछि यो फिल्मलाई लिएर फेरि चर्चा परिचर्चा सुरु भएको छ ।
यस्तो अवस्थामा हामी यस फिल्मसँग सम्बन्धित धेरै अचम्मका कुराहरू जानौं, जसले तपाईंलाई यो फिल्म किन एक महान फिल्म बनेको थियो भनेर महसुस गराउनेछ।
अमिताभ बच्चन–धर्मेन्द्र र अमजद खानको यो फिल्म भारतमा रिलिज भएको २ हजार दिनभन्दा बढीसमयसम्म चलेको थियो । धेरै रजत तथा स्वर्ण जयन्ती प्राप्त गरेको यो चलचित्र भारतमा मात्रै होइन, विदेशमा पनि निकै रूचीका साथ हेरिएको थियो ।
मध्यपूर्व र सोभियत संघमा यो फिल्मको निकै प्रशंसा भएको थियो । बलिउड फिल्मको क्रेज सोभियत संघसम्म फैलाउने पहिलो व्यक्ति अभिनेता राज कपूर थिए। वर्षौंपछि ‘शोले’को पनि त्यस्तै क्रेज थियो ।
त्यो समयमा ‘शोले’ ले सोभियत संघमा लाखौं मानिसहरूलाई प्रशंसक बनाएको थियो । यसको डब प्रिन्टहरूको भूमिगत फ्यान क्लबहरू पनि गठन गरिएको थियो। यी फ्यानहरूले ‘शोले’का संवादहरू पनि कण्ठ गरेका थिए। उनीहरु, खासगरी सोभियत सेनाका सिपाहीहरूले आफ्नै लबजमा यो हिन्दी डायलग ‘बसन्ती, ए कुत्तेका सामु मत नाँच’ जस्ता नारा लगाउन थालेका थिए ।
यति मात्र होइन, सन् १९७९ मा पाकिस्तानमा रिलिज भएको ‘मौला जट’ जस्ता फिल्म पनि यही फिल्मबाट प्रेरित थिए । यति मात्र होइन, टर्की जस्ता देशले पनि यो फिल्मबाट प्रेरणा लिएर एक्सन फिल्म बनाएको थियो ।
त्यति बेला पनि ‘शोले’ ३ करोडमा निकै महँगो बजेटमा बनेको थियो र फिल्मले आफ्नो बजेटको झण्डै १२ गुणा कमाउन सफल भएको थियो । त्यतिबेला फिल्मको बक्स अफिस कलेक्सन ३५ करोड थियो, जुन सन् १९९४ मा ‘हम आपके है कौन’ आउनु अघिसम्मकै सबैभन्दा उच्च कलेक्शनको रूपमा रेकर्ड बनाएर बसेको थियो ।

'गाउँघरलाई सम्झेर आऊ आजै’ सार्वजनिक (भिडियो)

बलिउडका आठ बोल्ड फिल्म

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

प्रतिक्रिया