बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

बैतडी- जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नं २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो ।
शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ–२ शर्मालीका ५८ घरमा बिजुली पुगेको छ । वडा नम्बर ३ को सौगडामा पनि धमाधम विद्युतीकरण भइरहेको छ ।
बिजुली विस्तार गर्न बाँकी रहेका ४ र १ नम्बर चाँडै काम थालिने उनले बताए । शिवनाथका वडा नम्बर ५ र ६ मा यसअघि नै बिजुली बलिसकेको छ । गाउँमा बिजुली बलेसँगै अन्न कुट्नेपिस्ने मिल सञ्चालन भएका छन् ।
शिवनाथ क्षेत्रमा ११ केभी लाइन विस्तार गरेर बिजुली बालिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले जानकारी दिए ।

वाइसीएलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन
जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

कैलाली कारागारः परिस्थिति प्रहरीको नियन्त्रणमा

सम्पर्कविहीन तीर्थयात्री भेडीगोठमा भेटिए

वर्षाले बैतडीको एक घरमा क्षति

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

प्रतिक्रिया