शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

काठमाडौँ- शेर्पा सञ्चार समूह नेपालद्वारा आयोजित सात दिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तालिम सम्पन्न भएको छ ।
नारायणटारस्थित नेपाल शेर्पा संघको भवनमा आयोजित समारोह सोमबार सम्पन्न भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का अध्यक्ष लक्की चौधरी विशिष्ठ अतिथि रहेका थिए ।
यसैगरि नेपाल शेर्पा संघका अध्यक्ष लाक्पा ठिन्ले शेर्पा, धर्मगुरु तथा शेर्पा सञ्चार समूह नेपालका सल्लाहकार आचार्य नुर्बु शेर्पा, हिमालयन शेर्पा सांस्कृति केन्द्रका अध्यक्ष डोमा शेर्पा, नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष छिरिङ शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष थाक्ची शेर्पा लगायतका उपस्थिति रहेको थियो ।
सात दिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तालिमको सहजिकरण प्रशिक्षक द्वय धर्मगुरु खेन्पो नुर्बु शेर्पा र लामो समय देखि उद्घोषण तालिम प्रदान गर्दै आउनुभएका अनुभवि प्रशिक्षक अग्नीप्रसाद भट्टराईले गरेका थिए ।
संस्थाका कार्यवहाक अध्यक्ष डोल्मा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव मिङ्मा शेर्पाले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष दावा जङ्बु शेर्पाले दिएका थिए ।

कागजमा मात्रै समिति विद्यालयको अनुमति खारेजी प्रक्रिया सुरु, २५ वटा विद्यालयक…

काठमाडौँमा १२ हजार ९१५ वटा मुद्दा दर्ता, ८ हजार ५२० जना पक्राउ : एसएसपी अधि…

एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

सांस्कृतिक संस्थानमा गाईजात्राको रौनक

फेरिँदै हुलाक सेवा, चिट्ठीदेखि पार्सलसम्म

फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

देशभर मनसुन सक्रिय

प्रतिक्रिया