स्यालले टोक्दा तीनजना घाइते

खलङ्गा (दार्चुला)- दार्चुलामा स्यालले टोक्दा तीनजना घाइते भएका छन् । स्यालले टोक्दा व्याँस गाउँपालिका–६ बसेडीका ७० वर्षीय गणेशदत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र ७५ वर्षीया च्याउलीदेवी भण्डारी घाइते भएका हुन् । घाइतेको व्याँस–६ खातीगाउँस्थित ग्रामीण स्वास्थ एकाइ केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल खलङ्गा ल्याइएको थियो ।
जिल्ला अस्पतालमा रेबिजविरुद्धको खोप उपलब्ध नभएपछि तीनै जनालाई उपचारका लागि धनगढी ‘रेफर’ गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिनुभयो । आइतबार साँझ घरनजिकै घाँस काट्ने क्रममा स्यालले उनीहरुलाई टोकेको स्थानीय केशरसिंह खातीले बताए ।

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

शेर्पा सञ्चार समूहको उद्घोषण तालिम

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

प्रतिक्रिया